उद्योग वाणिज्य सङ्घमा राजेश थापा निर्वाचित

  २०७४ असार ११ गते १७:२६     विकासन्युज

लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको अधिवेशनबाट राजेश थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी पूर्णलाल श्रेष्ठलाई ८५ मतले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन् । विजयी थापाले ८१९ मत तथा प्रतिद्वन्द्वी श्रेष्ठले ७३४ मत प्राप्त गरे ।

सङ्घको प्रथम उपाध्यक्षमा ७६८ मतका ल्याई रामबाबु श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मृगेन्द्र घिमिरेले ७५२ मत प्राप्त गरे । द्धित्तीय उपाध्यक्षमा ७४२ मत ल्याई गुणराज सिलवाल विजयी हुनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी विकास श्रेष्ठले ७३१ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा अशोक अधिकारी ८४१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी श्रीकृष्ण घिमिरेले १८२ मत प्राप्त गरेका छन् ।

कार्यसमिति सदस्यमा ईश्वर श्रेष्ठ, कृष्णजङ गुरुङ, सञ्जीव पौडेल तथा महिला सदस्यमा धनु पिया र पार्वती श्रेष्ठ निर्वाचित भए । निर्वाचनमा एक हजार ५८९ जनाले मतदान गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.