गुँरास लाईफको ८% बोनस र ५०% हकप्रद सेयर पारित, सञ्चालकमा ५ जना नियुक्त

  २०७४ असार ११ गते १६:५२     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरधनीलाई ८ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । साथै, कम्पनीले उक्त बोनस पश्चात कायम हुने पूँजीमा आफ्ना सेयरधनीलाई ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

कम्पनीको उक्त प्रस्तावलाई आइतबार सम्पन्न कम्पनीको आठौं साधारण सभाले पारित गरेको हो । साथै, सभाले कम्पनीले साधारण प्रस्तावहरुमा आ.व. २०७३/२०७४ का लागि लेखा परिक्षक नियुक्ति लगाएत कम्पनीमा संस्थापक संचालकको रिक्त ४ स्थानमा विवेक दुगड़, रिषिकुमार गाडिया, शम्भुप्रसाद सुवेदी, मेघ राज पौडेलका साथै स्वतन्त्र संचालकमा शिवबहादुर श्रेष्ठलाई नियुक्ती गरेको छ ।

साधारणसभाले चुक्ता पुँजी बृद्धि लगाएत अन्य विविध विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विषयहरु समेत सर्व सम्मतीले पारित गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.