मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा, स्मार्ट मोबाइल वितरण सम्बन्धि निर्णय फिर्ता

  २०७४ असार ११ गते १२:५८     विकासन्युज

काठमाडौं । महानगरवासीले ‘स्मार्ट’ ठानेर जिताएका मेयर विद्यासुन्दर शाक्यको पहिलो गाँसमै ढुंगा लागेको छ । ‘स्मार्ट मोबाइल’ बाड्ने निर्णयसँगै विवाद्मा तानिएका मयेरले अन्ततः मोबाइल वितरण प्रक्रियालाई रोकेर आफ्नो निर्णयलाई उल्टाएका छन् ।

काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि मोबाइल फोन खरिद गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ । नगरपालिका पदाधिकारीलाई महँगो मोबाइल बाड्ने सम्बन्धमा जनस्तरबाट चर्को विवाद् आएपछि महानगरले आफ्नो निर्णयलाई उल्टाएको हो । महानगरपालिकाका नवनिवार्चित जनप्रतिनिधिहरूको सुरुवाती शैली नै सुविधा भोगी र विलासी देखिएको भन्दै जनस्तरबाट विरोध आएको हो ।

नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि महँगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो । बैठकले प्रमुख र उपप्रमुखका लागि जति महँगो भए पनि मोबाइल किनेर बिल पेश गर्नुपर्ने र नगर कार्यपालिका सदस्यहरूका लागि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्न सकिने निर्णय गरेको थियो।

आफ्नो निर्णय सर्वत्र विरोध भएपछि नगर कार्यपालिकाको बैठक बसी हाललाई सो निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । महानगरका नवनिर्र्वािचत प्रमुख विद्यासुन्दर शाक्यले बैठकपछि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने गरिएको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख छ।

निर्वाचित कार्यपालिका सदस्यहरूलाई जनताको सेवा गर्न, जनप्रतिनिधि र जनताबीच सूचना र सम्पर्क जीवन्त गर्न, समग्र सेवा र विकास कार्य प्रभावकारी बनाउने उद्देश्यले असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ निकासा दिर्ने निर्णय भएकोमा सो निर्णय हाल कार्यान्वयन नगर्ने निर्णय गरिएको काठमाडौं महानगरपालिका मेयर शाक्यले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.