सेरामिक्स एक्स्पो भारतको गुज्रातमा हुँदै, नेपालबाट १५५ बढीको सहभागिता हुने

  २०७४ असार ९ गते १४:५४     विकासन्युज

काठमाडौं । सेरामिक्स एक्स्पो एण्ड समिट २०१७ आउदो नोभेम्बर १४ देखी १९ तारिक सम्म भारतको गुज्रातस्थित गान्धिनगरमा हुने भएको छ । सो सेरामिक शोमा नेपाललाई पनि आमन्त्रण गरिएको नेपाल चेम्वर अफ कमर्श कार्यकारी प्रमुख कैलाश कुमार वजिमयले बताए ।

सो शोमा भागलिन नेपालका तर्फवाट झण्डै १५५ भन्दा बढीको सहभागिता रहने जनाइएको छ । नेपालमा यस उद्योगको संख्यात्मक अवस्था कम भएता पनि बजार हिस्सा को मात्रा भने अधिक रहेको छ । विश्वभरका झण्डै २ हजार कम्पनीका ४ सय व्राण्डेड सामानहरु शोमा राखिने छ । साथै, ६५ देशका उद्योगी व्यवशायिहरुको सहभागिता रहने आयोजक संस्था अक्टागनका प्रचार अधिकृत मिट शाहले जानकारी दिएका छन् ।

यस उद्योगले भारतको विदेशी मुद्रा आर्जनमा महत्वपुर्ण योगदान दिएको छ । ५० हजार वर्गमिटरमा फैलिएको यस एक्स्पो को मुल आयोजक भने मोरबी सेरामिक्स एशोसियसन रहेको छ । एक्स्पोमा सेरामिक्स टाइल, स्यानीटरी टाइल वाथ फिटिङ तथा उच्चतम प्रविधिको प्रदर्शनी रहनुका साथै प्रविधी हस्तान्तरण , विदेशी लगानी संयुक्त उद्यम लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.