मेघौली सेराईलाई रोव रिपोर्टस् वेस्ट अफदि वेस्ट अवार्ड

  २०७४ जेठ २९ गते १६:३४     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजीहोटल्स एण्ड रिसोर्टद्वारा संचालित मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस् २०१७ को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेको छ । मेघौली सेराईले विश्वकै उत्कृष्ट एडभेन्चर जंगल सफारी रिसोर्टका रुपमा उक्त अवार्ड प्राप्त गरेको हो ।

यसअघि मेघौली सेराई ट्राभल एण्ड लिजरको वेस्ट जंगल सफारी रिसोर्ट २०१७को सूचिमा परिसकेको छ । आफ्नो विशिष्ट निर्माण शैली, अत्याधुनिक संरचना र उत्कृष्ट सेवाका कारण स्थापनाको छोटो समयमै चितवनको मेघौलीमा स्थापित उक्त रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटन बजारलाई नेपालतर्फ आकर्षित गर्न सफल भएको छ ।

‘नेपाली पर्यटन उद्योगकालागि यो विशिष्ट सम्मानहो । मेघौली सेराईमार्फत् हामीले नेपालकालागि यो सम्मान प्राप्त गर्नमा योगदान गर्न सकेकोमा म प्रशन्न छु’, चौधरी ग्रुपका कार्यकारी निर्देशक एवं सिजीहोटल्स एण्ड रिसोर्टका प्रवन्ध निर्देशक राहुल चौधरीले भने, ‘यो अवार्डले हामीलाई हस्पिट्याालिटी क्षेत्रमा अझै उत्कृष्ट सेवाहरु नेपालमा भित्रयाउन प्रोत्साहन गरेको छ । आगामी प्रोजेक्टको रणनीति तय गर्दा हामीले यसलाई मनन गर्नेछौं ।’

‘मेघौली सेराई ताज सफारी रिसोर्टले रोव रिपोर्टस्को वेस्ट अफदि वेस्ट अवार्ड प्राप्त गरेकोमा हामी गौरवान्वित छौँ । ताज ग्रुपले उच्चस्तरका गन्तब्यहरुको सिर्जना गर्दै आईरहेको छ जसमा मेघौली सेराई पनि एक हो जहाँजंगल सफारीको अद्भुत् आनन्दलिन सकिन्छ । यो रिसोर्ट जंगल सफारीका शौखिनहरुकालागि उत्कृष्ट गन्तब्य हो’, ताज होटल, प्यालेस, रिसोर्ट, सफारीका अपरेशन भाईस प्रेसिडेन्ट रोहित खोसलाले भने ।

प्रवन्ध निर्देशक चौधरीले हस्पिटालिटी क्षेत्रमा ताजसँग आफ्नो ग्रुपको साझेदारी विशेष महत्वको रहेको बताए । ताज र सिजीहोटल्स एण्ड रिसोर्टको साझेदारीमा विश्वकै उत्कृष्ट होटल एवं जंगल सफारी रिसोर्टहरु संचालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.