अपहरणमा परेका व्यवसायी श्रेष्ठको रिहाइको माग

  २०७४ जेठ २८ गते १७:१४     विकासन्युज

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ ।

सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उनले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गरेका छन् ।

अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई सहयोग गरी दिनसमेत अनुरोध गरेका छन् । तुलसीपुरमा व्यवसायी एकाएक अपहरणमा पर्ने घटना पटक पटक दोहोरिएपछि यहाँ व्यवसायी चिन्तित बनेका छन् ।

शुक्रबार तुलसीपुरबाट राति ८ बजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

कल डिटेलका आधारमा गरिएको अनुसन्धानबाट अपराधीकोे नजिक पुगेको प्रहरीको दाबी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.