एनएमबी बैंकले एक करोड १४ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

  २०७४ जेठ २८ गते १४:२०     विकासन्युज

काठमाडौं । एनएमबी बैंक लिमिटेडले एक करोड १४ लाख १५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले गत जेठ २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.