टुरिजम डेभलपमेन्ट बैंकको ७ लाख कित्ता सेयर लिलामीमा

  २०७४ जेठ २८ गते ९:४२     विकासन्युज

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले दुई महिनाअघि निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन नपरेपछि ७ लाख ४ हजार ७३७ कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । बैंकले ४ लाख ३८ हजार २०० कित्ता संस्थापक सेयर र २ लाख ६६ हजार ५३७ कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको हो ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको यो सेयर बढी मूल्य कबोल गर्नेले पाउनेछ । उक्त सेयरको लागि असार १५ गतेसम्ममा निष्काशन तथा बिक्री प्रबन्धक एनआईवीएल क्यापिटल मार्केट्समा आवेदन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.