वैशाखमा मूल्यबृद्धि ३.४ प्रतिशत

  २०७४ जेठ २५ गते १८:४३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ३.४ प्रतिशत मूल्य वृद्धि भएको छ । गत चैतमा यस्तो मूल्यवृद्धि ३.८ प्रतिशत रहेको थियो । गत चैतकोभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य करेक्सन भएको नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा उल्लेख गरिएको छ । गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत रहेको थियो । गत वर्षको सोही अवधिको भन्दा यस वर्ष आपूर्ति व्यवस्थामा आएको सुधारसँगै मूल्य वृद्धि ओरालो लागेको हो ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यवृद्धि शुन्य दशमलव दुई र गैर खाद्य वस्तुको मूल्य वृद्धि ६प्रतिशत रहेको छ । गएको वषको वैशाखमा खाद्य वस्तुको मूल्य वृद्धि ९.६ प्रतिशत र गैर खाद्य वस्तुको मूल्य वृद्धि १०.४ प्रतिशत रहेको थियो ।

दलहन तथा गेडागुडीको मूल्यवृद्धिमा १३.४, तरकारीमा १३.१ र घ्यू तथा तेलहनमा एक दशमलद नौ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्यवृद्धि १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा हेर्दा वैशाखमा काठमाडांैमा सबैभन्दा कम मूल्य वृद्धि भएको छ भने पहाडमा ४ प्रतिशत रहेको छ । हिमालमा यस्तो मूल्यवृद्धि दुई दशमलव आठ प्रतिशत र तराईमा तीन दशमलव ६ प्रतिशत रहेको छ । यस्तो वृद्धिदर गत आवको वैशाखमा काठमाडौं उपत्यककामा ११.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा९.१ प्रतिशत र पहाडमा ११ प्रसिशत मूल्यबृद्धि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.