नेप्सेमा १ खर्ब १० अर्बको धितोपत्र थपियो, बोनस सेयर मात्र २७ अर्बको वितरण

  २०७४ जेठ २५ गते १८:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम १० महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । गत साउनदेखि बैशाख सम्ममा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको साधारण सेयर थपिएको छ ।

त्यस्तै १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको छ । जेठ र असारमा गरि अझै १५ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर थपिने बताईएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्काशन गरिरहेको छन् ।

२७ अर्ब १२ करोड रुपैयाँ बराबरको बोनस सेयर मात्र थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ६२ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युच्युअल फण्ड नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.३ प्रतिशतले वृद्धि भई २०७४ वैशाख मसान्तमा रु. २७५ अर्ब ६६ करोड पुगेको छ । विहीबार नेप्सेमा सूचिकृत सबै सेयरको पुँजीकरण (बजारको कारोबार मूल्य) १८ खर्ब ८९ अर्ब रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.