‘हिमालयन ट्राभल मार्ट-२०१७’ सम्पन्न

  २०७४ जेठ २२ गते १४:१८     विकासन्युज

काठमाडौं । हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रुपमा स्थापित गराउने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट- २०१७ सोमबार सम्पन्न भएको छ ।

यही जुन १ देखि ४ तारिखसम्म ९ जेठ १८-२१० चलेको मार्टमा क्रेता, बिक्रेता, ब्लगर, मिडिया तथा अतिथि गरी ५३ देशका २२० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रमका रुपमा नेपालमा पहिलो पटक आयोजित मार्टले सम्पूर्ण हिमाली क्षेत्रका पर्यटकीय सामग्री नेपाली नेतृत्वमा अन्तर्राष्ट्रिय बजारमा पस्कनु र नेपाललाई अझै पर्यटनमैत्री गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताको सहभागिता थियो । मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा जुन १ मा पार्क भिलेजमा भएको ब्लगर्स एण्ड मेडिया सम्मेलन आयोजना गरिएको थियो ।

उक्त सम्मेलनमा नौजना विश्वका ख्यातिप्राप्त वक्ताको रोचक प्रस्तुति तथा १०७ देशका ब्लगर र पत्रकारको सहभागिताले हिमालय ट्राभल मार्टको सफलतामा उचाइ थपेको थियो ।

कार्यक्रमको दोस्रो दिन, जुन २ तारिखका दिन सोल्टी होटलमा सञ्चालित हिमालयन ट्राभल सम्मेलनमा हिमालय क्षेत्रको पर्यटन तथा अन्वेषण र बजार व्यवस्थापन सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञले कार्यपत्र प्रस्तुत र प्रवचन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.