महासंघको ३ नम्बर प्रदेशको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

  २०७४ जेठ २० गते १९:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्ष थिए ।

शनिबार धुलिखेलमा सम्पन्न साधारण सभाले ३ नम्बर प्रदेशको लागि १३ सदस्य कार्यसमिति चयन गरेको छ । त्यसमा उपाध्यक्ष राजन गौतम र कृष्णप्रसाद अवाल तथा कोषध्यक्षमा ज्ञानबहादुर विसुराल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गुणराज श्रेष्ठ, मन्जु कोजु श्रेष्ठ, पशुपति खड्का, प्रकाश मानन्धर, विनय श्रेष्ठ, सविन श्रेष्ठ, खडानन्द त्रिपाठी, विदुर पराजुली र सुन्दर कार्की निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.