नेपाल एम्बुलेन्स सर्भिसको आकस्मिक एम्बुलेन्स सेवा चितवन र पोखरामा शुरु

  २०७४ जेठ १९ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस)ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा थप २ स्थानहरुमा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन शुरु गरेको छ ।

अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरि रहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्स मार्फत उक्त स्थानहरुमा सेवा प्रदान गर्दै छ ।

सो स्थानहरुमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्नेछ । सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।

संस्थाले असार १ गते देखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ । महा विनाशकारी भूकम्पको समयमा एनएएसले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो ।

भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ । स्ट्याण्डफोर्ड मेडिकल यूनिटले एनएएसलाई प्राविधिक सहयोगीको रुपमा सहयोग गर्दै आइरहेको छ र ईएमटिज (आकस्मिक मेडिकल प्राविधिकहरु) लाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.