गुँरास लाइफले ८ प्रतिशत बोनस पश्चात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०७४ जेठ १८ गते १३:४३     विकासन्युज

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाइ ८ प्रतिशत बोनस सेयर पश्चात सो मात्राको हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले पारित गरेपछि मात्र सो मात्राको सेयर निष्काशन हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ११९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.