नायिका श्वेता खड्का बुम रेमिटको ब्राण्ड एम्बेस्डर

  २०७४ जेठ १६ गते १९:१५     विकासन्युज

काठमाडौं । बुम रेमिट्यान्स प्रालिले नायिका श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेसड्र नियुत्त गरेको छ । कम्पनीको अनुसार खड्काले दुई वर्षसम्म बुम रेमिटको ब्राण्ड एम्बेसड्र भई बुम रेमिटद्धारा प्रर्वद्घित सम्पूर्ण मिडिया कार्यक्रमहरु, टिभि विज्ञापन, एफएम विज्ञापन, पत्रपत्रिका विज्ञापन, विभिन्न विज्ञापनका सामग्रीहरुमा समेत उपस्थिति जनाउने छिन् ।

यसैबीच श्वेता खड्काद्धारा स्वर्गिय पति नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्थापना गरेकी श्वेता श्री फाउण्डेसनको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको मॉझी वस्तीमा ५६ वटा घरहरु निर्माण गर्ने सम्बन्धमा सिलन्यास गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सिइओ डा. गोबिन्द पोखरेलले जेठ १५ गते सिलन्यास गरेका हुन् । सोही कार्यक्रममा श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेसड्र बुम रेमिट्यान्सका अध्यक्ष सृजना रायँमाझी र प्रबन्धक निर्देशक धिरेन्द्र पन्तले संयुत्त रूपमा घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.