प्रधानन्यायधिश सुशिला कार्की विरुद्धको महाअभियोग फिर्ता, स्थानिय तहको संख्या पनि नबढ्ने, एमालेले संसद चल्न दिने

  २०७४ जेठ १३ गते १२:५९     विकासन्युज

काठमाडौं । प्रमुख तीन दलबिच सर्वाेच्च अदालतका प्रधानन्यायधिश सुशिला कार्की विरुद्ध संसदमा दर्ता भएको महाअिभयोग प्रस्ताव फिर्ता लिने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न काँग्रेस, एमाले र माओवादी केन्द्रको शिर्ष नेतृत्वको बैठकमा महाअभियोग फिर्ता लिने, स्थानिय तहको संख्या थप्ने निर्णय फिर्ता गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् ।

त्यस्तै, संविधान संशोधनका विषयहरूलाई स्थानीय तहको दोश्रो चरणको निर्वाचनपछि छलफलको विषय बनाउने, पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा भएका हत्या तथा अनियमितताको छानवीन गर्न संसदीय समिति बनाउने सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.