हेटैडामा मेडिकल कलेज स्थापना गरिने

  २०७४ जेठ १२ गते १९:००     विकासन्युज

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेका छन् । उनले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज यहाँ आयोजित शपथग्र्रहणपछि पदभार सम्हाल्दै उनले सहिद स्मारकको विकासका लागि आफूहरु लागिपरेको भन्दै अब अर्को पर्यटकीयस्थल गुम्बा डाँडाको पनि भौतिक विकासमा जोड दिने बताए ।

पदभार ग्रहणअघि नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनिर्वाचित जनप्रतिनिधिले विगतमा कर्मचारीबाट समस्या भोगिरहेका नगरवासीलाई छिटो छरितो ढङ्गले सेवा दिन आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।

शपथग्रहण समारोहमा नगरप्रमुख महत, उपनगर प्रमुख मीना लामा, र १९ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.