स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वाेच्चको अन्तरिम आदेश

  २०७४ जेठ १२ गते १७:०४     विकासन्युज

काठमाडौं । स्थानीय तहको संख्या वृद्धि गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायधिश इश्वर प्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले स्थानीय तहको संख्या बढाउने अधिकार आयोगलाई मात्रै रहेको भन्दै तत्कालका लागि संख्या वृद्धिको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सरकारले तराईका बिभिन्न जिल्लामा २२ वटा स्थानीय तहको संख्या वृद्धि तथा दुई वटा महानगरपालिका थप्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध अधिवक्ता धन बहादुर श्रेष्ठले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.