माछापुच्छ्रे बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने

  २०७४ जेठ १२ गते १७:१०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई धितोपत्रको सार्वजनिक निष्काशनमा (आईपिओ/एफपिओ) आवेदन दिँदा निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । उक्त बैंकमा चल्ती, बचत तथा कल खाता भएका ग्राहकहरुले निःशुल्क आस्वा सेवा मार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्न ग्राहक थप अभिप्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकको देशभरका ५६ वटै शाखा मार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.