भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नयाँ शाखा रुपन्देही जिल्लाको बुटवलमा

  २०७४ जेठ १२ गते १५:४४     विकासन्युज

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका छन् । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ४५ वटा शाखा सञ्जालहरुर १२ वटा एटिएमबाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, लकर, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.