सिद्धार्थ बैंकको नयाँ शाखा कावासोतीमा

  २०७४ जेठ १२ गते १४:३७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नवलपरासीको कावासोतीमा जेठ १२ गतेका दिन एक विशेष समारोहका बीच आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन बैंकका संचालक महेशप्रसाद पोखरेल र भगत विष्टले संयुक्त रुपमा गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हालै चितवनको टाँडीमा रहेका आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो । बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.