९१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, दुई कम्पनीको प्रमोटर सेयर साधारणमा परिणत

  २०७४ जेठ १२ गते १३:५५     विकासन्युज

काठमाडौं । शुक्रबार मात्र ९१ लाख ४४ हजार ४९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन मिथिला लघुवित्त विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको गरी पाँच कम्पनीको सो मात्राको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

मिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ६४ हजार ५०१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६५५ कित्ता र कुमारी बैंकको ५६ लाख ८० हजार ३९१ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको त्रमशः १४ लाख २८ हजार ७४३ कित्ता र ६ लाख २९ हजार २०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सोही दिन दुई कम्पनीको प्रवद्र्धक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । यूनाईटेड फाइनान्सको ६ लाख ३ हजार ४२४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, काँक्रेविहार विकास बैंकको ६५ हजार २१६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ । अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.