जीवन बीमामा रोजगारी अवसर, महालक्ष्मी लाइफले माग्यो ३५ जनाको दरखास्त

  २०७४ जेठ १२ गते १०:०५     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीमा नयाँ रोजगारी अवसर सिर्जना हुने भएको छ । थप हुँदै गरेका नयाँ जीबन बीमा कम्पनीले धमाधम नयाँ जनशक्ति माग गरिरहेका छन् ।

यसै क्रममा भविष्यमै संचालनको तयारी गरिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैपटक ३५ जनालाई रोजगारी दिदैँ छ ।

यो कम्पनीले विभागीय प्रमुख ७ जना, प्रादेशिक प्रमुख ७ जना र शाखा प्रमुख २१ जना गरी ३५ जनाको दरखास्ता माग गरेको छ । यो कम्पनीले आवश्यक योग्यता पुगेका आवेदनकबाट यही जेठ २६ गतेभित्र आवेदन माग गरेको छ ।

कम्पनीले अाफ्नो इमेल ठेगानामा इच्छुका आवेदनकसँग आवेदन माग गरेको छ । कम्पनीले पद अनुसार अलग अलग याेग्यताक्रम पनि निर्धारण गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.