हिमालय एयरलाइन्सको जहाज भाडामा लिएर दुबई/क्वालालम्पुर उडाउने निगमको तयारी

  २०७४ जेठ १२ गते ९:४२     विकासन्युज

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहका राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स अर्का अर्काका प्रतिस्पर्धी कम्पनी हुन । वायुसेवा निगमले उडान गरेकै गन्तव्यमा उडान गर्ने र निगम सरह नै जहाज उडानको रणनीति बनाइरहेको भएपनि हिमालय एयरलाइन्सले जहाज निगमलाई भाडामा दिने भएकाे छ ।  वायुसेवा निगमले पनि प्रतिस्पर्धी वायुसेवाबाट जहाज भाडामा लिन आवश्यक छलफल र प्रकृया अगाडि बढाइरहेको उल्लेख छ ।

वायुसेवा निगम र हिमालय एयरलाइन्सका कर्पोेरेट निर्देशकसँग पटकपटक जहाज भाडामा लिने विषयमा आवश्यक छलफल पनि भइरहेको निगम स्रोतको दाबी छ । हिमालयले आफ्नो जहाज निगमलाई भाडामा लगाउन सकारात्मक रुपमा नै कुरा अगाडि बढाएकाेले अावश्यक छलफल र प्रकृयाकाे बारेमा गृहकार्य अगाडि बढिएको उल्लेख छ ।

नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई एयरवसको ए ३२० नामक १५८ सिट क्षमतााके एक थान जहाज भाडामा दिने इच्छा देखाएको छ । निगमलाई जहाज आवश्यक भएको र हिमालयले पनि आफ्नो जहाज खाली उठाउनुभन्दा भाडामा दिएर सो समयमाम नयाँ रणनीति बनाउन खोजेको उल्लेख छ ।

जहाज भाडामा लिने र दिने विषयमा निकै सकारात्मक रुपमा कुरा अगाडि बढेको हिमालय एयरलाइन्स स्रोतको भनाइ छ ।

स्रोतले दिएको जानकारी अनुसार एकथान जहाज भाडामा लिन–दिन दुवै कम्पनीबीच अनौपचारिक छलफल भएको छ ।

निगमले जहाज भाडामा लिन यही बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय अझै अगामी मंगरलबारसम्म बाँकी रहेको छ । मंगलबारपछि यो विषयमा टुंगो लगाउने पनि उल्लेख छ ।

हिमालय एयरलाइन्स स्रोतका अनुसार यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको छ । आगामी एक महिनापछि साउदी अरेवियाकाे दमाममा उडान गर्ने तयारी हिमालयले गरेको छ ।

समयमा नै साउदी अरेवियाको उडान तालिका मिलाउन नसकिने र प्राविधिक कारण ढिलो हुन सक्ने भएकोले एक महिना पछि सारेर निगमलाई २ महिना जहाज भाडामा दिने विषयमा आवश्यक छलफल भएको पनि स्रोतको दाबी छ । निगमले पनि आफ्नो जहाज मर्मतमा हुने र जहाज उडान ठप्प नहोस भनेर दुई महिनाको लागि मात्रै जहाज भाडामा लिन लागेको हो ।

अहिले हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् ।

यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ ।

यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारिरहेको छ ।

यो वायुसेवाको यस्तो योजना तत्कालको लागि नभएर दुई चार महिना लाग्ने भएकोले २ महिना निगमलाई जहाज भाडामा दिन कुनै आपत्ति नहुने पनि स्रोतको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.