शंकास्पद व्यवासायीकाे खातापाता राजस्वको नियन्त्रणमा, चुनावले थन्कियो अनुसन्धान

  २०७४ जेठ १२ गते ७:२१     विकासन्युज

काठमाडौं । ठूला र मझौला धेरै व्यापारीका खाता राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन्। खातापाता यति भइसके कि विभाग राख्ने ठाउँको अभाव भइसकेको छ। तिनको अनुसन्धान गर्ने फुर्सद कर्मचारीसँग छैन। चुनावमा कर्मचारी नखट्दै यति खातापाता भइसकेका थिए कि तिनलाई साँच्चै अनुसन्धान गर्ने हो भने वर्षौ लाग्ने अवस्था थियो एकजना कर्मचारी सुनाउँछन्, ‘चुनावमा कर्मचारी खटिएपछि त बेवारिसैजस्तै भएका छन्।

उद्योग संचालनको म्याद थप नहुँदा उद्योग विभागमै थन्किएर बसेका उद्योगको फाइल

व्यापारीका कुरा सुन्ने हो भने यसरी नियन्त्रणमा लिइएका खातापाताको कथा अर्कै हो। ती अनुसन्धानका लागि जम्मा गरिएकै होइनन्, व्यापारीको खातापाता नियन्त्रण चुनावी खर्चका लागि हो। अनुसन्धान गर्ने हो भने एउटैको फाइल सल्टाउन महिनौं लाग्न सक्छ।

विभागका कर्मचारीले त्यो खोलेर हेर्दा पनि हेर्दैनन्। खातापाता लगेपछि मोलमोलाई सुरु हुन्छ। ‘कतिले सल्टाएर खातापाता फिर्ता लिइसके, लिने क्रममा छन्, व्यापारी भन्छन्, ‘बाँकी मोलमोलाई गरिरहेका छन्।ु बाहिर कसैले हल्ला गर्दैन, आफ्नै साथी सर्कल र बढीमा उद्योग वाणिज्य महासंघका पदाधिकारीसम्म कुरा पुग्छ। भित्रभित्र कुरा मिलाउन लाग्छन्।

कोचाहिँ राजस्व अनुसन्धानको फन्दामा पर्‍यो हैन, कोचाहिँ परेन भन्ने अवस्था छ। ट्रेडिङ व्यापारीबाट ‘कारबाहीु सुरु गरेको विभाग उद्योग हुँदै ठूला घरानासम्म पुगिसकेको छ।
चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ व्यापारीबीच ‘भोकलु मानिन्छन्, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, पत्रकारिता सबैतिर उनको सम्बन्ध राम्रो ठानिन्छ। उनीनै केही दिनअघि अलिकति पनि तलमाथि नगरिएको आफ्नो सामान विभागले नियन्त्रणमा लिएर दुःख दिएको भनेर अर्थका उच्चपदस्थ गुहारिरहेका थिए।
केही महिनायता राजस्व अनुसन्धान विभाग र निजी क्षेत्रबीच खातापता नियन्त्रण, बार्गेनिङ, कुरा मिल्ने यस्तै भइरहेको छ। तीन महिनायता मात्र नेपालभरिका गरी एक सयभन्दा बढी व्यापारीको खातापाता नियन्त्रणमा लिइसकेको व्यापारी वृत्तमा चर्चा छ। २० लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म लिएर खातापाता नियन्त्रणमा लिएको चर्चा छ।

५० लाखदेखि एक करोड रुपैयाँसम्म बुझाउने व्यापारीको संख्या सबैभन्दा धेरै छ। विभागको इटहरी, पथलैया, बुटवलमा रहेका क्षेत्रीय कार्यालय पनि खातापाता नियन्त्रणमा उत्तिकै सक्रिय छन्।

वीरगन्जमा ठूला भनिने कुनै पनि व्यापारीलाई पथलैयाको क्षेत्रीय कार्यालयले छाडेको छैन। व्यापारीका अनुसार काठमाडौंमा व्यापारीसँग सम्पर्कको काम पन्त थरका अधिकृतले गर्छन्। वीरगन्जमा विश्वकर्म थरका अधिकृत सक्रिय छन्।

विभागका उपमहानिर्देशक विश्वप्रकाश सुवेदी बजारका साथै मन्त्रालयबाट पनि ‘कम्प्लेनु आएको भनेर कर्मचारीमाथि नियन्त्रणका लागि भनिएको बताउनुभयो। ‘महानिर्देशक र मैंले कर्मचारीलाई अनुशासित भई काम गर्न र अनुचित लाभ नलिन पटकपटक निर्देशन पनि दिएका छौ उनले भने ।

अनुचित लाभ लिन प्रयास गर्ने कर्मचारीबारे सूचना दिए कारबाही गर्छौ । उद्योग चलाएर बसेकामाथि भन्दा ट्रेडिङ गर्नेमाथि‘फोकसु गर्न विभागीय निर्देशन भएको उनले बताए। अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.