विद्युतीय सञ्चारमाध्यमको अभिमुखीकरण कार्यक्रम

  २०७४ जेठ ११ गते १६:५५     विकासन्युज

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले विद्युतीय सञ्चारमाध्यमको नियमनबारे दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय तहमा विद्युतीय सञ्चारमाध्यममा समन्वय, सञ्चालन र व्यवस्थापनका लागि आयोजना गरिएको अभिमुखीकरणमा विभिन्न जिल्लाका जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख, केबल नवीकरण र नियमन निकायका अधिकारीलगायत २९ जनाको सहभागिता छ ।

अभिमुखीकरण शुभारम्भ गर्दै सञ्चार सचिव महेन्द्रमान गुरुङले हुलाक कार्यालयको क्षेत्राधिकार बढाउने तयारी भइरहेकाले कार्यालय प्रमुखलाई यस्ता कार्यक्रमले थप सहयोग मिल्ने बताए ।

ब्रोडकास्टीङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले वितरण गरिने रेडिया फ्रिक्वेन्सीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.