सिद्धार्थ बैंकको नयाँ शाखा चितवनको टाँडीमा

  २०७४ जेठ ११ गते १५:४१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले चितवनको टाँडीमा जेठ ११गते, बिहिवारका दिन एक विशेष समारोहकाबीच आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन बैंकका संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हाल देशभर संचालनमा रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्दमार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ परिचालन गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.