आज नीति तथा कार्यक्रम, ४ बजे संसदको वैठकमा राष्ट्रपतिले पेश गर्ने

  २०७४ जेठ ११ गते ७:०५     विकासन्युज

काठमाडौं । स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सदनको कारवाही चल्न नदिने अडान लिएपछि पूर्ववजेट छलफलविना नै यो पटक सरकारले नीति तथा कार्यक्रम आउने भएको छ ।

व्यवस्थापीका संसदको विहिबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

संसदको सचिवालयको कार्यतालिका अनुसार विहिबार दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने समय तोकिएको छ ।

संबैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सररको नीति तथा कार्यक्रम सदनमा पेश गर्नुहुने भएको छ । निर्वाचन आचार संहितका कारण यो वर्ष पुरानै कार्यक्रम अर्थात गत वर्षको कार्यक्रमलाई नै प्राथमिकता दिएर नीति तथा कार्यक्रम आउने भएको छ । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.