साझा पार्टीले भन्यो– ‘मतदाताले हामीलाई भरपर्दो राजनीतिक विकल्पका रूपमा लिए’

  २०७४ जेठ १० गते ११:३३     विकासन्युज

काठमाडौं । साझा पार्टीले मतदाताले हामीलाई भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको जनाएको छ । यस पार्टीको समर्थनमा ललितपुर महानगरपालिकामा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका क्रमशः शोभा शाक्य र रमेश महर्जनलाई असल विकल्प ठानेर विश्वास गर्ने मतदाताहरूलाई साझा पार्टीले हृदयदेखि नै धन्यवाद दिएको छ .


‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो’ साझा पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तीमा भनेको छ–जसरी हामीलाई मतदाताहरूले पत्याएका छन् त्यो हाम्रो लागि ठूलो उपलब्धि हो। यसबाट हाम्रै जीवनकालमा नेपाल बनाउने हाम्रो अठोट अझ दृढ भएको छ।’

शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । रमेश महर्जनले १३ हजार ४५६ मत पाएका छन् ।

पार्टीले निर्वाचनमा मेयर र उपमेयरका रूपमा निर्वाचित भएका नेपाली काँग्रेसका चिरीबाबु महर्जन तथा गीता सत्याललाई बधाई तथा शुभकामना दिदै भनेको छ–‘तपाईँहरूको नेतृत्वमा ललितपुरबासीको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ।’ यो देश बनाएरै छोड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा साझा पाटी विश्वस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.