जग्गाको अत्यधिक मुल्यले उधोग खोल्नै गाह्रो, कसरी हुन्छ आर्थिक विकास र रोजगारी सिर्जना ?

  २०७४ जेठ ९ गते ७:१९     विकासन्युज

मोरङ सुनसरी औधोगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मुल्यबृछिले चाहेर पनि लगानीकर्ताले उधोग स्थापना गर्न सक्ने अवस्था छैन ।

पछिल्लाे केहि वर्ष संघीय राजधानी विराटनगर हुने चर्चासंगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको छ।

जग्गाको मुल्य बृद्धिको प्रत्यक्ष मार लगानीकर्तालाई परेको छ । आफुसंग भएको पुँजी जग्गा खरिदमै खर्च हुने भएपछ लगानीकर्ताहरुलाई उधोग स्थापना गर्नेतर्फ उत्साहित देखिाएका छैनन् ।

विराटनगर इटहरी सडक खण्डका छेउछाउमा खाली जग्गा छैन । भएको जग्गा पनि धेरै महंगो छ । अघिकांश उद्योग यही क्षेत्रमा संचालित छन् । कोशी राजमार्ग छेउछाउ प्रतिकठ्ठाको कम्तिमा ३० देखि ४० लाख रुपैयाँ पर्छ । एउटा एउटा उद्योगका लागी १० कठ्ठादेखि ५ विगाहासम्म आवश्यक पर्छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.