चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार

  २०७४ जेठ ८ गते १६:५८     विकासन्युज

काठमाडौं । चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पुर्याएबापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

‘तपाईंले आफ्नो राष्ट्रको उन्नतिका लागि पुर्याउनुभएको योगदान देख्दा हामीलाई गर्व लाग्छ । आफ्नो राष्ट्रका लागि तपाईंले गर्नुभएको असाधारण र उल्लेखनीय कामहरुको हामी स्मरण गरिरहनेछौं,’ पुरस्कार प्रदान गर्दै राजीव गान्धी फाउन्डेसनले भनेको छ ।

निर्वाण चौधरीको नेतृत्वमा चौधरी ग्रुपको मानव कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नेपालमा मानवकल्याण र सामाजिक सेवाका क्षेत्रमा विशिष्ट परिणाममुखी योजनाहरु क्रियान्वित गरिरहेको सन्दर्भमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

‘आफ्नो देशको विकासका क्षेत्रमा तपाईंले हासिल गर्नुभएको उपलब्धि, तपाईंको लगन, निष्ठा र योगदानको कदरस्वरुप तपाईंलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो,’ पुरस्कारको कदरपत्रमा भनिएको छ । भूकम्पपश्चात अति प्रभावित क्षेत्रहरुमा तत्काल राहत कार्यक्रमहरु र सिजी आश्रय तथा सिजी शिक्षालयमार्फत तत्काल पुनस्र्थापनाको विकल्प उपलब्ध गराएकोमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संघसंस्थाले चौधरी फाउन्डेसन र यसको नेतृत्वलाई सम्मानित गर्दै आएका छन् । हालसम्म फाउन्डेसनले करीब ३,००० ट्रान्जिसनल होम र ४० विद्यालय भवन बनाई भूकम्पप्रभावित स्थानीय समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

फाउन्डेसनले राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको समन्वयमा सिन्धुपाल्चोकमा ६५ पक्की घर सहितको नमुना गाउँ निर्माण गर्ने परियोजना अगाडि बढाएको छ । यसका अतिरिक्त नेपाल सोसल विजनेस, ज्ञानोदय छात्रवृत्ति, सिजी उन्नति, सिजी पोलिटेक्नि कलगायतका कार्यक्रममार्फत फाउन्डेसनले युवा, महिला तथा ग्रामीण उद्यमशीलता र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.