स्वावलम्बन बैंक र बुम रेमिट बीच रेमिट्यान्स सेवा संचालन सम्झौता

  २०७४ जेठ ८ गते १५:५८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि. र बुम रेमिट्यान्स प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधान र बुम रेमिट्यान्स प्रा.लि.का प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले एक समारोह बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो ५४ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवयेर मार्फत आन्तरिक विप्रेषन कार्य गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.