नेपाल बैंकको हकप्रद सेयर भर्ने म्याद अब ३ दिनमात्र बाँकी

  २०७४ जेठ ८ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।

कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात जेठ १० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले सुन्धाराको सिभिल क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.