मेलम्ची बासीले मागे २५ प्रतिशत लेवी

  २०७४ जेठ ८ गते १२:३५     विकासन्युज

काठमाडौं । मेलम्चीबासीले मेलम्चीको पानी प्रयोग गरेवापत काठमाडौं उपत्यकाबासीसँग २५ प्रतिशत लेवी मागेका छन् । उनीहरुले आफ्नो पर्यावरण प्रयोग गरेर राजधानीबासीको प्यास मेटिने भएकाले न्युनतम १३ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग राखेका हुन् ।

मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने-मेलम्ची बासीले २५ प्रतिशतसम्म लेबीको दावी गरेका छन, यसमा राजनीतिक तहबाट समाधान खोजिनुपर्छ । उनले न्युनतम १३ देखि २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग अघि सरेको स्विकार गर्दै लेबीका रुपमा नभएर सामाजिक उत्थान कार्यक्रममा रुपमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई सहयोग गरिरहने बताए ।

‘लेबीका रुपमा रकम उपलब्ध गराउन सकिँदैन तर समाजिक उत्थान कार्यक्रमका रुपमा सहयोगलाई निरन्तरता दिन सकिन्छ’, कार्यकारी निर्देशक देवकोटाले भने । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक जिल्लाका साविकको १४ वटा गाबिसमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

साविकका तिनै १४ वटा गाबिसमा  बार्षिक ९ करोडको लागतमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्ने मनस्थिती आयोजनाले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.