काठमाडौं महानगरमा एमालेका विद्या सुन्दर भारी मतले अगाडी, रञ्जु दर्शनालाई ११ हजार भोट

  २०७४ जेठ ८ गते ११:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

८८ हजार मत गणना सकिँदा शाक्यले २९ हजार ३६८ मत पाएका ल्याएर ९ हजारको अग्रता कायम गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले भने जम्मा २० हजार ३६८ मत ल्याएका छन् ।

विवेकशिल नेपाली दलकी रञ्जु दर्शनाले ११ हजार २५७ मत ल्याएर तेश्रो स्थान ओगटेकी छिन् भने साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.