मैलुङ खोला जलिवद्युत आयोजना प्रभावितलाई ३ लाख ६८ हजार कित्ता साधारण सेयर, जेठ १७ देखि आवेदन खुला

  २०७४ जेठ ८ गते ८:२४     विकासन्युज

काठमाडौं । मैलुङ खोला जलिवद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित ३ लाख ६८ हजार १४४ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यो जलिवद्युत कम्पनीले रसुवामा निर्माण हुने उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर निष्कासन गरेको छ ।

यो कम्पनीले हाकु गाविस डाडाँगाउ गाविस र राम्चे गाविसका वासिन्दालार्य १ लाख ८४ हजार ७२ कित्ता र बाँकी १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाको लागि सेयर निस्काशन गरेको छ ।

आगामी जेठ १७ गतेबाट आवेदन दिन सकिने यो कम्पनीको सेयर निष्कासन छिटोमा जेठ ३१ र ढिलोमा असार १५ मा बन्द हुने भएको छ । न्युनतम ५० कित्ता देखि अधिकतम १८ सय ४० कित्ता सम्म सेयर आवेदन दिन पाइने पनि उल्लेख छ ।

यसको सेयरको आवेदन रसुवाको जनता बैंक, प्रभु बैंक, आइसीएफसी फाइनान्स, हिमालयन बैंक र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.