प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालद्धारा पदभार ग्रहण, जवाफदेही पत्रकारिताको विकासमा जोड

  २०७४ जेठ ७ गते १५:१६     विकासन्युज

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैंठकले जेठ ४ गने बराललाई अध्यक्षमा नियुक्त गरेको हो । बरालले आज पदभार समालेका छन् । पदबहाली पछि बरालले स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजै काउन्सिलले नयाँ अध्यक्षको स्वागत गरेको छ । स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने बताए । प्रेस काउन्सिलका बोर्ड मेम्बर अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल अहिले नयाँ प्रविधि युक्त भएको बताए ।

काउन्सिलको विश्वसनियता र प्रभाव बढ्दै गएकोले उच्च ओहोदाका महानुभावहरु समेत उजुरीका  गर्न काउन्सिल आउन थालेको बताए  । प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.