स्वरोजगार लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ १७ गते बुक क्लोज

  २०७४ जेठ ७ गते १३:५४     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले सर्वसाधारणकोलागि ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १० करोड ४९ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.