तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

  २०७४ जेठ ६ गते १६:५५     विकासन्युज

रामेछाप । मिहेनत गरे तरकारी खेतीबाटै रामो्र आम्दानी गर्न सफल भएका छन यहाँका किसान । धान मकै तोरी लगाउँदै आएका भएका सामेछाप कास्थलिका गगा बहादुर कार्कीले त्यसबाट जीविकोपार्जन गर्न नै धौधौ परेपछि तरकारी खेती गर्न गर्न थाले । कार्कीले अहिले वर्षमा १२ लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

४ लाख रुपैयाँ खर्च हुने र वार्षिक ८ लाख रुपैयाँ बचत हुने उनले बताए । परिवार ठूलो भएको र परिवारका सबै सदस्य किसानी काममा सक्रिया हुँदै आएको उनले बताए ।  उनी भन्छन्– परम्परागत खेती गर्दै आएको थिए । त्यसबाट परिवार पाल्न समस्या भएपछि तरकारी खेती गरेँ अहिले रामो्र आम्दानी भएको छ ।

शुरुमा उनले ५ रोपनी जग्गामा तरकारी खेती थालेका थिए । राम्रो आम्दानी हून थालेपछि अरु १५ रोपनी जग्गा थपेर अहिले २० रोपनी जग्गामा खेती गर्दै आएको उनी बताउँछन् ।

रामेछाप जिल्लामा व्यवसायीक तरकारी खेती गरेर राम्राे आम्दानी गर्ने किसानको सख्या धेरै भएको जिल्ला कृषि विकास कार्यलय रामेछापले जनाएको छ । यहाँ वार्षिक २५ लाख रुपैया भन्दा धेरै आम्दानी गर्ने किसानको सख्या निकै भएको जिल्ला कृषि विकास कार्यलय वागवानी विकाश अधिकृत राम आचार्यले बताए ।
केशर के सी/प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.