नयाँ बाटो पछ्याउँदै वायुसेवा निगम, सोमबारभित्र ऋणसम्झौता गर्ने र शुक्रबार पहिलो किस्ता पठाउदैँ

  २०७४ जेठ ६ गते ९:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज वाइडवडि खरिद गर्न आगामी सोमबार भित्र ऋण सम्झौता गर्ने भएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अुनसार सबै प्रक्रिया अगाडि बढिसकेको छ । आन्तरिक गृहकार्य पनि भइसकेकोले औपचारिक रुपमा सम्झौता गर्न र रकम निकासा गर्न मात्रै बाँकी रहेको छ ।

उनका अनुसार कर्मचारी संचारकोष र नागरिक लगानीकोष दुबै संस्थाबाट निगमले आधाआधा ऋण लिने भएको छ । यो ऋण लिएर निगमले अगामी शुक्रबार भित्रै जहाज विक्रेता अमेरिकी कम्पनी एएआरालाई पहिलो किस्तावपत ८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

निगमले दुईवटा ठूला वाइडबडी खरिद गर्न एएआर कर्पोरेशनलाई पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) पठाउँन यस अघि गरेको गृहकार्य अनुसार ऋण सम्झौतामा भएको ढिलाइकै कारण एक साताको समय थप गरेको थियो ।

निगमका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउन लागिएको हो । निगमले गत विहिबार नै रकम पठाइसक्नुपर्ने भएपनि आन्तरिक कारण एकसाता सयम थप गरेर अगामी शुक्रबारसम्मको समय तय गरेको हो ।

निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाएपछि जहाज आउने सुनिश्चितता हुन्छ । त्यसपछि बाँकी रकम जहाज दिने बेलामा दिएपनि हुने श्रेष्ठको भनाइ छ ।निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ ।

२०७५ को नयाँ वर्षमा नयाँ जहाजबाट नयाँ गन्तव्यमा उडान हुने
२८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । निगमले आगामी वर्षको वैशाखदेखि अर्थात विसं २०७५ को नयाँ वर्षबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया लगायतका गन्तव्यमा उडान गर्ने योजना भएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु भैसकेको वायुसेवा निगमका प्रवक्ता तथा कर्पोरेट निर्देशक श्रेष्ठले बताए ।

निगमले वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने सम्झौता गर्न लागेको हो । श्रेष्ठका अनुसार आइतबार र सोमबार भित्रै सम्झौता हुने छ । त्यसपछि निगमले पहिलो किस्ताको रकम पठाइहाल्ने पनि उल्लेख छ ।

निगमले दुई वाइड बडी जहाज २० करोड ९६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुन्छ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने लागिएको पनि उल्लेख छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो ।

८ अर्ब पठाएपछि जहाज आउनेमा ढुक्क
निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गर्ने उल्लेख छ । निगमका अनुसार पहिलो चरणको रकम यही जेठ १० गतेभित्रै पठाउनुपर्ने भएपनि एएआरको सहमतिमा केही दिन लम्बिन सक्ने भएको छ ।

दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

अवको प्रतिस्पर्धा हवाई भाडामा
निगमले वाइडवडी विमान लगाएपछि हवाई भाडामा प्रतिस्पर्धा हुने देखिएको छ । यो वायुसेवाले अन्य वायुसेवाको तुलनामा सस्तो सेवा दिने भएकोले पनि अन्य वायुसेवालाई पनि भाडा घटाउन दबाब पर्ने भएकोले हवाई भाडा सस्तो हुने उल्लेख छ ।

श्रेष्ठका अनुसार नेपाल सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुची राख्दै निगमलाई विमान निगमसँग आन्तरिक उडानको जहाज बढेपछि सुगम गन्तव्यको भाडा पनि सस्तो भएको छ । अन्तर्राष्ट्रिय उडानका पनि निगमको भाडादरलाई आधार मानेर अन्य वायुसेवाले उडान तय गर्ने गर्छन् । निगकै भाडादरलाई आधार बनाएर निजीले पनि तय गर्ने भएकाले भाडार घटाउनमा प्रतिस्धर्पा हुने बुझाई निगमको छ ।

निगमको प्रतिस्पर्धा हिमालयसँग
निगमले उडान सुरु गरेको करिब ६ दशकपछि निगमसँग प्रतिस्पर्धी वायुसेवाको रुपमा हिमालयन एयरलाइन्स आएको छ । यो वायुसेवाले ३ वटा एयरवसकै जहाजबाट उडान सुरु गरिसकेको छ ।

निगमले वाइडवडि ल्याउने भएपछि यो वायुसेवाले पनि निगमसँग प्रतिस्पर्धा गर्न वाइडवडि नै ल्याउने भएको छ । निगमका अनुसार हामी सरकारी वायुसेवा कम्पनी भएकोले आफ्नै गतिमा सेवा विस्तार गर्छौ ।

सरकारी वायुसेवा भएकोल वर्षोदेखि सरकारकै योजनामा चल्ने गरेको छ । सरकारले धेरैवटा जहाज, धेरै गन्तव्यमा प्रतिस्पर्धी सेवा दिन सक्नुपर्छ । निगम एक्लैले अहिले पनि विभिन्न २८ वटा अन्तार्राष्ट्रिय वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्छ ।

निगमका अनुसार दीर्घकालिन भिजन र मिसन विना नै विदेशी वायुसेवासँग प्रतिस्पर्धामा गएर यसले आफ्नो छवि बचाइराख्नु नै अहिलेसम्मको उपलव्ध मान्नुपर्छ ।

७ प्रतिशतको बजार हिस्सा एकैपटक १७ प्रतिशत पुग्ने
नयाँ जहाज आएपछि आगामी एक वर्षपछि निगमको बजार हिस्सा पनि १७ प्रतिशत पुग्ने भएको छ । निगमको अहिलेको बजार हिस्सा जम्मा ७ प्रतिशतमा मात्रै सिमित रहेको छ ।

२ वटा जहाज थप गर्नेवित्तिकै निगमले १७ प्रतिशतको बजार हिस्सा ओगट्न सक्नु भनेको निकै ठूलो उपलब्धी भएको पनि उल्लेख छ । निगमले एयरवसको दुईवटा न्यारोबाडि जहाज ल्याएपछि नै अहिले निगम अन्तर्राष्ट्रिय उडानका सबैभन्दा धेरै यात्रु बोक्ने वायुसेवाको रुपमा अग्र पंक्तिमा आइसकेको छ ।

वाइडवडी जहाज ल्याएर नेपालमा उडान गरिरहेका अरु वायुसेवासँग पनि प्रतिस्पर्धा गर्न निगम तयारी अवस्थामा उभिएको छ । यो जहाज आएपनि निगमको चार दशक अगाडिकै शाख फर्कने आधार तय हुन सक्ने पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.