टरेन तरलता अभाव, घटेन ब्याजदर

  २०७४ जेठ ५ गते १३:३८     विकासन्युज

काठमाडौं । जेठ ३ गते मेगा बैंक नेपालले २५००० हजारको मुद्धति खातामा १२ प्रतिशत ब्याज दिने र त्यसको भुक्तानी १५/१५ दिनमा गर्ने सार्वजनिक सूचना प्रकाशित गर्यो । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन–हामीले १२ प्रतिशत ब्याजदरमा मुद्धति खातामा निक्षेप आव्हान गर्नु भनेको तरलता अभाव टरेको छैन भन्ने प्रमाण हो, तरलताको अभाव क्रमशः घटिरहेको छ तर अपेक्षा गरे अनुसार निक्षेप वृद्धि भैरहेको छैन् ।’

बाणिज्य बैंकहरु संस्थागत निक्षेप कर्ता भन्दा पनि व्यक्तिगत निक्षेप कर्ताहरुलाई आकर्षित गर्न लागिपरेको शाह बताउँछन् । ‘साना साना तर दिगो प्रकृतिका व्यक्तिगत निक्षेप कर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेका छौं, संस्थागत निक्षेप कर्ताले जुनसुकै समयमा ठुलो रकम झिक्न सक्ने भएकाले व्यक्तिगत निक्षेप कर्तालाई प्राथमिकतामा राखेका हौं’, शाहले भने ।

स्थानिय तहको निर्वाचनले तरलता अभावको समस्या टर्ने आंकलन गरिएपनि त्यस्तो नदेखिएको पनि उनले बताए । उता, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि बजारमा तरलता अभाव कायमै रहेको बताए । ‘निक्षेप बढेको छैन्, तर कर्जाको मात्रा बढिरहेकै छ, स्थानिय तहको निर्वाचनमा बजारमा पैसा आउँछ भन्ने आंकलन थियो तर खासै सकारात्मक प्रभाव देखिएन’, दाहालले विकासन्युजसँग भने ।

अहिले पनि निक्षेप भन्दा कर्जाको मात्रा बढिरहेको पनि दाहालले बताए । ‘मौद्रिक नीतिको मध्यावधि समिक्षाले केहि राहत दिएको छ तर पनि असारसम्ममा सिडी रेसिया ८० प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले बैंकहरु हच्किएका पनि छन् ।’, दाहालले भने । दाहालका अनुसार बैशाखसम्ममा बाणिज्य बैंकहरुमा १९ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ भने १६ अर्ब ६५ करोड कर्जा प्रवाह भएको छ । बैशाखसम्म आइपुग्दा बाणिज्य बैंकहरुको सिडी रेसियो ८५ दशमलब १७ प्रतिशत पुगेको छ ।

गत चैतमा १९ खर्ब ५० अर्ब निक्षेप थियो भने कर्जा १६ खर्ब ५६ अर्ब थियो । त्यसबेला सिडी रेसियो पनि ८४ दशमलब ९२ प्रतिशत थियो ।
तर  नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने बैंकिङ प्रणालीमा ४८ अर्बको तरलता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.