हुन्डाइ मोटरद्धारा लक्ष्मी इन्टर कन्टिनेन्टललाई ‘रिजनल एक्सिलेन्स अवार्ड’ प्रदान

  २०७४ जेठ ५ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाइ मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ पाएको छ । हुन्डाइ मोटर कम्पनीले ५० वर्ष पार गरेको अवसर कोरियामा आयोजना गरेको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को अवसरमा सो अवार्ड प्रदान गरिएको हो । लक्ष्मी ग्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका छन् ।

२७ देखि ३० बैशाखसम्म उक्त कन्भेन्सनमा १३२ मुलुकबाट २८४ सहभागी थिए । ‘फिप्टी इयर्स एन्ड मोर’ नाराका साथ आयोजना भएको सम्मेलनमा कम्पनीका तर्फबाट ५० वर्षको अनुभव र भावी योजना ‘शेयर’ गरिएको थियो ।

‘सिइओ कन्फरेन्स’को अवसरमा हुन्डाइ मोटरले ‘टप टायर अटोमोटिभ ब्रान्ड’ बन्ने घोषणा गरेको छ । त्यसका लागि विश्वभरका उपभोक्तालाई ‘हाइ भ्यालु’ सेवा दिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.