चुनावी प्रचार सामाग्री हटाउन उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

  २०७४ जेठ ५ गते ८:३९     विकासन्युज

काठमाडौं । राजनीतिक दल र उम्मेदवार चुनाव अगाडीको प्रतिबद्धताबाट बिमुख भएका छन् । स्थानिय तह चुनावको पहिलो चरणको चुनाव सकिएको पाँच दिन पुराभएपनि उपत्यकामा जताततै पर्चा, पोष्टर,भित्ते लेखन, तुल ब्यानर तथा डिजिटल डिस्प्ले हटाइएको छैन ।

चुनाव अगाडी शहरलाई स्वच्छ र हराभरा राख्ने प्रतिबद्धता देखाएका राजनीतिक दल र उम्मेदवारले प्रचारका सामग्री समेत हटाएका छैनन् । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई पर्चा, पोष्टर,भित्ते लेखन, तुल ब्यानर तथा डिजिटल डिस्प्ले हटाउन अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनको पहिलो चरणको चुनाव सम्पन्न भइसकेपछिपनि राजनीतिक दल र उम्मेदवारले प्रचारका सामाग्री नहटाएपछि आयोगले आग्रह गर्दै विज्ञप्ती जारी गरेको हो ।

घोषणापत्रमा तथा चुनावी प्रचारका बखत राजनीतिक दल तथा उम्मेदवारहरुले गाउँ शहरको वातावरणलाई स्वच्छ र हराभरा बनाउने सम्बन्धमा प्रतिबद्धता चुनावपछि व्यवहारमा पुरागरेको देखिएको छैन ।विज्ञप्तीमा उल्लेख छ, ‘चुनाव अगाडी गर्नुभएको प्रतिबद्धता आफैंले राखेका प्रचारका सामग्री हटाएर पूरा गरी राम्रो अभ्यासको सुरुवात गर्न समेत सम्पूर्ण सरोकारवालाहरुसँग आयोग अनुरोध गर्दछ ।’ चुनाव सकिएको चार दिन बितिसक्दापनि प्रचार सामग्री नहटाएपछि आयोगले हटाएर प्रतिबद्धता लागु गर्न आग्रह गरेको छ ।

‘प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँग्नुभएका पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन सम्बन्धित राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आयोग अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.