मोबाइलमा कुरा गर्दा गर्दै लाइन कटिएर हैरान हुनु भयो ? साउनबाट क्षतिपुर्ति पाइन्छ

  २०७४ जेठ ४ गते १३:५२     विकासन्युज

काठमाडौं । आगामी साउनदेखि मोबाइलमा कुरा गर्दा गर्दै लाइन काटिएमा क्षतिपुर्ति पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले साउन १ गतेलेखि मोबाइल सेवा उपलब्ध गराउने अपरेटरका कारण फोन गर्दा गर्दै सम्पर्क टुटेमा(कल ड्रप) क्षतिपुर्ति दिने व्यवस्था कार्यान्वयन गर्न लागेको हो ।

‘चैत २ गते अपरेटरका कारण कल ड्रप(कुरा गर्दा गर्दै काटिएमा’ क्षतिपुर्ति दिनुपर्ने निर्णय भएको थियो, आगामी साउन १ गतेदेखि कार्यान्वयन हुन्छ’, नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार साउन १ गतेदेखि अपरेटरका कारण फोन लाइन काटिएमा क्षतिपुर्ति दिने सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सबै सेवा प्रदायकहरुलाई पत्राचार भैसकेको छ ।‘साउन १ गतेदेखि कल ड्रपका लागि उपभोक्तालाई क्षतिपुर्ति दिने व्यवस्था कार्यान्वयनका लागि सबै अपरेटरलाई पत्र पठाईसकेका छौं’, प्राधिकरणका प्रवक्ता अर्यालले भने ।

उनका अनुसार मोबाइलमा कुरा गर्दा गर्दै सम्पर्क टुटेमा अपरेटरले काटेको पैसा पुनः फिर्ता गर्नेछ ।‘फोन गर्दा पल्स अवधी सुरुभएसँगै पैसा काटिन्छ तर बिचमै सम्पर्र्क टुट्यो भने अपरेटरले एसएमएस मार्फत क्षमा माग्छ र काटिएको पैसा फेरी उपभोक्ताकै एकाउण्टमा फिर्ता गरिदिन्छ’, अर्यालले भने ।

अपरेटरले क्षतिपुर्ति दिए/नदिएको अनुगमन गर्न प्राधिकरणले छुट्टै प्रबिधीको विकास गर्दैछ । उपभोक्ताले त्यस्तो सुबिधा नपाएमा तुरुन्तै अपरेटर समक्ष गुनासो गर्न सक्नेछन् । यदि अपरेटरले क्षतिपुर्ति नदिएमा प्राधिकरण आफैंले क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.