प्रधानमन्त्री प्रचण्डले ८ गते राजीनामा दिने, देउवालाई सत्ता हस्तान्तरण गर्दै दाहाल

  २०७४ जेठ ४ गते ८:००     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न चार दिनपछी राजीनामा दिने मनस्थिती बनाएका छन् ।

कांग्रेसंग भएको समझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने भएका हुन् ।

प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको मााओवादी केन्द्रका नेता बर्षमान पुनले बताए ।

भोली वा पर्सि हिँउदै अधिवेसन अन्य हुन्छ । त्यसपछि ८ गते नै वर्षे अधिवेशन बोलाएर संसदमा आफ्नो कार्यप्रगतिको समिक्षा गर्दै राजीनामा दिने पनि उल्लेख छ ।

उनले राजीनामा दिएपछि देउवालाई प्रधामन्त्री बनाउने पूर्व सहमति अनुसार सत्ता हस्तान्तरणको बाटो खुला गर्न लागिएको पनि उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.