बजेटले दिँदैछ जिविस, नगरपालिका र गाविसलाई ३२ अर्ब अनुदान, स्थानीय तहलार्इ मात्रै तीन खर्ब

  २०७४ जेठ ४ गते ७:०४     विकासन्युज

काठमाडौं । स्थानीय तहलाई संविधान प्रदत्त कार्यक्रम बजेट आउने आर्थिक बर्षको बजेटमा दिने र नदिने भन्ने विषयमा कर्मचारीतन्त्रमै घम्साघम्सी छ ।

बजेट तयारीका क्रममा यस्तो विवाद देखिइरहेको छ । तैपनि स्थानीय तहको अधिकार तत्कालका लागि केन्द्रमै राख्नेमा ढिपी गर्नेको स्वर क्रमश मलिन हुँदै छ ।

अहिलेसम्म फाइनल भएका कार्यक्रम हेर्दा तीन खर्ब रुपैयाँजतिका कार्यक्रम स्थानीय तहमा जाने देखिन्छ । अर्थको बजेट महाशाखा सम्बद्ध कर्मचारीले भने ।

शिक्षा मन्त्रालय शीर्षकको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा जाँदैछ ।

चालू आर्थिक बर्षमा जिविस अनुदान चार अर्ब, नगरपालिका अनुदान १३ अर्ब र गाविस अनुदान गरी कुल ३२ अर्ब रुपैयाँ अुदानमा जाँदै छ ।

सामाजिक सुरक्षा भत्ताका लागि ३२ अर्ब जाने भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अरु कार्यक्र जोड्दा थप केही अर्ब रुपैयाँ स्थानीय निकायमा जाने गरेको छ । स्थानीय तहमा जाने योजना बजेट उल्लेख्य बृद्धि हुने निश्चित छ ।

बजेट महाशाखाका अधिकारीले भने । संविधान प्रदत्त सबे अधिकार प्रयोग गर्न केही बर्ष लाग्न सक्छ । सबै गरी स्थानीय तहमा तीन खर्बको बजेट जाने भएको छ ।  अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.