नेपालमा आइफोनको मूल्यमा गिरावट

  २०७४ जेठ ३ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ । यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुन सक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने भएका हुन् ।

आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६,०००, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९,८००, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१,१२,००० तोकिएको छ ।

त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.१,०५,०००, आइफोन सेभेन प्लस १२८जीबीको मूल्य रु.१,१९,०००, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१,३२,००० तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८,०००, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८,०००, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२,५०० तोकिएको छ ।

आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२,८०० र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य रु.१७,५०० तोकिएको छ । सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.