के एल दूगड समूहको ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु नेपाली बजारमा

  २०७४ जेठ २ गते १७:२३     विकासन्युज

काठमाडौं । लोकप्रिय ब्राण्ड ज्ञान चक्की आटाका उत्पादक के एल दुगड ग्रुपले मेज आटा (मकैको आटा ), मेज ग्रिट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय पसलहरुमा ५ केजी र २ केजी प्याकमा उपलब्ध छन् ।

ज्ञान मेज आटा

ज्ञान मेज आटा उत्कृष्ट कृषि फार्महरुबाट छानेर ल्याईएको पहेँलो र सेतो मकैको दानाबाट बन्दछ जसलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिन्छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएका छन् । ज्ञान मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण रहेको हुन्छ । यसमा न्यून फ्याट तथा सोडियम छ भने यो सलुटोन रहित हुन्छ । यसमा भएका पोषकतत्वहरु मुटुको लागि लाभदायक हुन्छ । चामल र गहुँको पिठोपछि सबैभन्दा धेरै उपभोग गरिने मेज आटा तेस्रो नम्बरको खाद्यान्न हो ।

ज्ञान मेज ग्रिट (मकैको च्याख्ला)

ज्ञान मेज ग्रिट एउटा स्वस्थ्य उत्पादन हो, जून उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिन्छ । यो उत्पादनमा मकैको निकै नै उत्कृष्ट स्वाद हुन्छ । यो फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ । ज्ञान मेज ग्रिट स्वादिलो खाजाको रुपमा प्रयोग गर्न सकिन्छ वा यसलाई तरकारीहरुका साथमा मुख्य खानाको रुपमा प्रयोग गर्न सकिनुका साथै यसलाई अन्य डिसहरु बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

ज्ञान प्रिमियम लिटो

ज्ञान प्रिमियम लिटो ठोस सुदृढ पदार्थको रुपमा पहिले नै पकाईएको गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको हुन्छ, जसमा धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका साथै सुक्ष्म पोषकतत्वहरु सहितको ठोस पदार्थ मिसाईएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.