काठमाडौं महानगरमा काँग्रेस एमाले/टक्कर, पछि परे साझा र विवेकशिल

  २०७४ जेठ २ गते १४:२५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा(एमाले)बिच कडा प्रतिष्पर्धा सुरु भएको छ । केहि समयसम्म काँग्रेसलाई पछि पारेर एमालेसँग प्रतिष्पर्धामा देखिएका साझा पार्टीका किशोर थापा र विवेकशिलकी रञ्जु दर्शनालाई काँग्रेसले धेरैपछि छाडेको छ ।

अपरान्ह २ बजेको मत परिणाम अनुसार एमालेका विद्या सुन्दर शाक्यले ३२५ मत पाएका छन भने काँग्रेसका राजुराज जोशीले ३१४ मत ल्याएका छन् । साझा पार्टीका किशोर थापाले २०४ मत ल्याउँदा विवेकशिलकी रञ्जु दर्शनाले १६८ मत ल्याएकी छिन् ।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर र १ र ३२ को मत गणना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.