कास्कीको मादी गाउँपालिका प्रमुख र उपप्रमुखमै एमाले विजयी

  २०७४ जेठ २ गते १३:०४     विकासन्युज

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ४ हजार ६ सय ३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपप्रमुखमा एमालेका विष्णु पौडेल ४ हजार ५ सय २३ मतसहित विजयी भएकी छिन् । प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत मात्रै
ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.